Timilai Hasera Lyrics
तिमीलाई हाँसेर बिदा मात्रै दिई सकेथेँ आँशु झरि सकेछन् म तिनलाई पुछ्न थालेँ।।। म तिनलाई पुछ्न थालेँ।।। तिमी मलाई छाडि गई सकेका मात्र के थियौ तिमी फर्कने दिन म हतारिँदै गन्न लागेँ।।। म हतारिँदै गन्न लागेँ।।।।। Verse 1 यो दुई दिनको बिछोड पनि कति नमीठो केही बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो यो दुई दिनको बिछोड पनि कति नमीठो केही बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो मान्छेको हुल बिच पनि शुन्यपन कस्तो मान्छेको हुल बिच पनि शुन्यपन कस्तो ताराहरुलाई छोडि चन्द्र लुकि दिए जस्तो तिमीलाई हाँसेर बिदा मात्रै दिई सकेथेँ, आँशु झरि सकेछन्, म तिनलाई पुछ्न थालेँ, म तिनलाई पुछ्न थालेँ।।। Verse 2 यो दिन अनि रातका हर पल नरमाइला लाग्छ समय नै सुस्तिएर चलि दिए जस्तो यो दिन अनि रातका हर पल नरमाइला लाग्छ समय नै सुस्तिएर चलि दिए जस्तो ती मिठा गीतका धून पनि कति झर्को लाग्दा ती मिठा गीतका धून पनि कति झर्को लाग्दा फूलहरु झरि काँडा मात्र भई दिए जस्तो तिमीलाई हाँसेर बिदा मात्रै दिई सकेथेँ आँशु झरि सकेछन् म तिनलाई पुछ्न थालेँ।।। म तिनलाई पुछ्न थालेँ।।। तिमी मलाई छाडि गई सकेका मात्र के थियौ तिमी फर्कने दिन म हतारिँदै गन्न लागेँ।।। म हतारिँदै गन्न लागेँ।।।।। म हतारिँदै गन्न लागेँ
Follow and comment for more unreached songs lyrics
Narayan Gopal more songs
- Mero behosi aaja
- Aaja bholi harek sanjha
- More lyrics
- Artist
- Narayan Gopal
- Tara Devi
- Bhaktaraj Acharya

