Muna Madan Lyrics

Galti Hajar Hunchha Lyrics

Muna Madan Lyrics/Muna Madan Lyrics

केटा :
ईश्वर तैंले रचेर फेरी कसरी बिगारीस्
सृष्टिको फुल रोपेर तेस्तो कसरी लतारीस्
ती फुल हरे मलाई दिई कसरी पछारीस्

केटा :

हे दिदी, मैले ती मुना देख्दा मुनाको मुहार
ती मुना पनि मर्दछन् भन्ने थिएन बिचार
मुना छातीको जुहार

केटा :

पृथ्वी तिर नहेर मुना म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु
प्रेमको हिरा छुटेको तल म लिई आउँछु

कसरी खायो आगोले दिदी कमलको शरीर
कसरी खायो निथुरि भई आगोले दिदी कमलको शरीर २
म कहाँ पाउ ती मुनालाई छातीमा लगाउ
खरानी तिनको मलाई देउन छातीमा लगाउ

हे मेरि आमा हे मेरि मुना म यहाँ बस्दिंन
म यहाँ अब बस्दिंन आमा , म यहाँ बस्दिंन
म यहाँ बस्दिंन अब, म यहाँ बस्दिंन

केटी :
हे मेरा भाई ति तिम्री मुना मरेकी छैनन्
जोति को स्वरुप लिएर गईन बगैचा बसन्ति
स्वर्गका चरा गाउछन उनको मधुर जयन्ति

केटा :

पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई
म रुने छैन गएर भोलि भेटौँला तीनीलाई
हे दैव पर्दा चाँडै नै उठा धन्य छ तलाईँ
हे दैव पर्दा चाँडै नै उठा धन्य छ तलाईँ

 

Follow and comment for more unreached songs lyrics

Narayan Gopal more songs

  1. Mero behosi aaja
  2. Aaja bholi harek sanjha
  3. More lyrics
  4. Artist
  5. Narayan Gopal
  6. Tara Devi
  7. Bhaktaraj Acharya

@pharenpariyar

@facebook page for songs lyrics in easy search song

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top