Muna Madan Lyrics/Muna Madan Lyrics
केटा : ईश्वर तैंले रचेर फेरी कसरी बिगारीस् सृष्टिको फुल रोपेर तेस्तो कसरी लतारीस् ती फुल हरे मलाई दिई कसरी पछारीस् केटा : हे दिदी, मैले ती मुना देख्दा मुनाको मुहार ती मुना पनि मर्दछन् भन्ने थिएन बिचार मुना छातीको जुहार केटा : पृथ्वी तिर नहेर मुना म पनि आउँछु आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु प्रेमको हिरा छुटेको तल म लिई आउँछु कसरी खायो आगोले दिदी कमलको शरीर कसरी खायो निथुरि भई आगोले दिदी कमलको शरीर २ म कहाँ पाउ ती मुनालाई छातीमा लगाउ खरानी तिनको मलाई देउन छातीमा लगाउ हे मेरि आमा हे मेरि मुना म यहाँ बस्दिंन म यहाँ अब बस्दिंन आमा , म यहाँ बस्दिंन म यहाँ बस्दिंन अब, म यहाँ बस्दिंन केटी : हे मेरा भाई ति तिम्री मुना मरेकी छैनन् जोति को स्वरुप लिएर गईन बगैचा बसन्ति स्वर्गका चरा गाउछन उनको मधुर जयन्ति केटा : पर्दाले ढाक्यो पर्दाले छेक्यो हे दिदी मलाई म रुने छैन गएर भोलि भेटौँला तीनीलाई हे दैव पर्दा चाँडै नै उठा धन्य छ तलाईँ हे दैव पर्दा चाँडै नै उठा धन्य छ तलाईँ
Follow and comment for more unreached songs lyrics
Narayan Gopal more songs

