Manchheko maya yaha song lyrics in nepali / Manchheko maya yaha song lyrics in nepali
Singer : Narayan Gopal/ Tara Devi
Male
मान्छेको माया यहाँ
खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने
लहरेको बानी जस्तो
Female
मान्छेको माया यहाँ
आँखाको नानी जस्तो
यो रात फकाई आउने
सुन्दर विहानी जस्तो
-music-
[verse 1]
male
माया त जोवनको
आवेश मात्र नै हो
तिर्खाको अर्को राम्रो
एक भेष मात्र नै हो
एक भेष मात्र नै हो
Female
तिम्रो हेराईमा केबल
आँखा छ मुटु छैन
Male
तिम्रो बोलाईमा
स्वर छ ढुकढकी केही छैन
Male
मान्छेको माया यहाँ
खोलाको पानी जस्तो
किनारालाई छोई भाग्ने
लहरेको बानी जस्तो
-music-
[verse 2]
Female
मायाको विशालता यो
आकाश धर्ती नै हो
माया त साँच्ची सुन्दर
आत्माको मुर्ति नै हो
आत्माको मुर्ति नै हो
Male
तिमी पानीलाई आकार दिने कोशिस नगर
Female
तिमी हावालाई सद्भाव दिने कोशिस नगर
Female
मान्छेको माया यहाँ
Male
मान्छेको माया यहाँ
Female
आँखाको नानी जस्तो
Male
खोलाको पानी जस्तो
Female
यो रात फकाई आउने
Male
किनारालाई छोई भाग्ने
Female
सुन्दर विहानी जस्तो
Male
लहरेको बानी जस्तो
Follow and comment for more unreached songs lyrics
Narayan Gopal more songs
@facebook page for songs lyrics in easy search song

